"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यू १९ विश्वकप : स्कटल्यान्डसँग पनि पराजित भयो नेपाल

प्रकाशित मिति :  ७ माघ २०८१, सोमबार २१:२१


काठमाडौँ – मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो।

नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट १२ रन बनाउँनु बाहेक स्कटल्याण्डका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २ तथा पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिए। यसअघि नेपालले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो। १९ ओभरमा अलआउट हुँदै नेपालले ७३ रन बनाएको थियो।

नेपालका लागि कप्तान पूजा महतोले कप्तानी पारी खेलिन्। उनले सर्वाधिक २७ रनसमेत बनाइन्। यस्तै ‌‌ओपनर सावित्री धामीले १० रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

स्कटल्याण्डकी माइसी म्याकेरिया एक्लैले पाँच विकेट लिइन्। उनले पूजा महतो, सीमाना केसी र अलिसा यादव तीनै जनाको विकेट एकै ओभरमा लिएपछि नेपालको स्कोर रोकिएको थियो। यसअघि नेपालले बंगलादेशसँग पाँच विकेटले पराजय भोगेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन आह्वान गरेको छ। क्यानले शनिबार सामाजिक

काठमाडौं – काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो चौथो खेलमा पनि नेपाल पराजित भएको छ

काठमाडौँ – आइसिसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ। मलेसियसा मलेसियाको बांगीस्थित युकेएम क्रिकेट ओभलमा

काठमाडौं – नेपाल विद्यार्थी सङ्घ, केन्द्रीय समितिले यही माघ ७ गतेदेखि अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने