"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यू-१९ महिला विश्वकपको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित

प्रकाशित मिति :  18 January, 2025 9:32 pm


काठमाडौँ – आइसिसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ। मलेसियसा मलेसियाको बांगीस्थित युकेएम क्रिकेट ओभलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो। नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो।

त्यस क्रममा साडिया इस्लामले सर्वाधिक १६ रन बनाउँदा कप्तान सुमैया अख्तरले १२ रन बनाइन्। बलिङतर्फ रचना उपाध्याय, रिया शर्मा, सिमाना केसी र पुजा महतोले १ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १८.२ ओभरमा अल आउट हुँदै ५२ रन बनाएको थियो।

नेपालका लागि ओपनर साना प्रविनले बनाएको १६ रन सर्वाधिक रह्यो। उनले ३२ बल खेलिन्। त्यसपछि सिमाना केसीले १० रन बनाउनुबाहेक कसैले पनि दोहोर अंकमा स्कोर जोड्न सकेनन्। सावित्री धामी १ रनमा, कप्तान पुजा महतो २ रनमा, सोनी पाख्रिन शून्यमा, किरण कुँवर १ रनमा, अलिशा यादव ४ रनमा, तिर्सना विश्वकर्मा ३ रनमा, अनु कडायत शून्यमा, रचना चौधरी ३ रनमा आउट हुँदा रिया शर्मा ५ रन बनाएर नट आउट रहिन्।

बलिङमा बंगलादेशकी जन्नतउल मौसाले २ विकेट लिइन्। निशिता अख्तर निशी, फहोमिदा चोया र अनिशा अख्तर सोबाले एक/एक विकेट लिए। नेपाली महिला टिमले पहिलो पटक विश्वकप खेलेको हो। समूह डी मा रहेको नेपाललाई सुपर-६ मा पुग्न कम्तिमा एक खेल जित्न आवश्यक रहन्छ। नेपालको समूहमा बंगलादेशसँगै स्कटल्याण्ड र अस्ट्रेलिया छन्।

नेपालले सोमबार स्कटल्याण्डसँग र बुधबार अस्ट्रेलियासँग खेल्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट