"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदैछ : पर्यटनमन्त्री

प्रकाशित मिति :  ५ माघ २०८१, शनिबार २१:२६


धादिङ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न १० वर्षे कार्ययोजना तयार भइरहेको जानकारी गराएका छन् ।

आज राष्ट्रिय लोकतान्त्रिक अपांग संघ धादिङको दोस्रो जिल्ला अधिवेशन उद्घाटनपछि उनले प्रधानमन्त्री, अर्थमन्त्री, कानुनमन्त्रीसहित पर्यटनसँग जोडिएका मन्त्रालयसँगको समन्वयमा कार्ययोजना तयार गरिरहेको बताए ।

मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर रहेको र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

‘नेपालमा पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन्, अहिले पनि लाखौँ पर्यटक ल्याउने अवसर छ’, उनले भने, ‘हाम्रा संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेका छौँ ।’

नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका पाण्डेले मूल प्रतिस्पर्धी नेकपा (एमाले) सँगको गठबन्धन अवसर र चुनौती दुवै रहेको बताए ।

‘एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुवै हुन्छ’, उनले भने, ‘एमालेसँग सरकारमा सहकार्य र चुनावमा प्रतिस्पर्धा हुन्छ । अहिले एमाले र कांग्रेसको गठबन्धन सुशासन, भ्रष्टाचार न्यूनीकरण र सरकारलाई स्थायित्व दिनको लागि हो ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – घुस खाएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । केही दिनअघि मन्त्री

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापाले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई

काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसदहरुले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा सरकारको जबाफ माग गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा धारणा

सत्तारूढ नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्मा पार्टीभित्र महामन्त्री छन्। कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीति सुरू गरेका उनी