"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

न्यूयोर्क टाइम्सको विश्वका ५२ घुम्नलायक स्थानको सूचीमा लुम्बिनी समावेश

प्रकाशित मिति :  १ माघ २०८१, मंगलवार २२:५३


काठमाडौं – विश्वविख्यात पत्रिका न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा नेपालको लुम्बिनी पनि परेको छ । विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये लुम्बिनीलाई नवौं स्थानमा राखिएको छ ।

‘प्राचीन तीर्थस्थलमा नयाँ मन्दिर र ध्यान केन्द्रको भ्रमण गर्नुहोस्’ भन्दै न्यूयोर्क टाइम्सले लुम्बिनीबारे संक्षिप्त परिचय समेत राखेको छ । त्यसमा लेखिएको छ- हजारौं वर्ष पहिले मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा बुद्ध सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन् । त्यतिबेलाका पुरातन भग्नावशेष र समकालीन बौद्ध केन्द्रहरुले भरिएको तीर्थस्थल भएको छ लुम्बिनी । विनाशकारी भूकम्पले नेपाललाई हल्लाएको १० वर्षपछि नयाँ मन्दिर र ध्यान केन्द्रहरु खुलिरहेका छन् ।

लुम्बिनीको संक्षिप्त परिचयमा गत नोभेम्बरमा खुलेको ‘थाउजेण्ड टेम्पल’बारे चर्चा गरिएको छ । फोटो पनि सोही टेम्पलको भित्ताको पेन्टिङलाई राखिएको छ ।

‘थाउजेण्ड टेम्पल’तीनतले तिब्बती शैलीको बिहार हो । यो बिहारभित्र १८ इन्च अग्ला हजार बुद्धका प्रतिमाहरु छन् । साथै त्रिकाल बुद्धका १६ फिट अग्ला तीन प्रतिमा पनि देख्न सकिन्छ ।

न्यूयोर्क टाइम्सले समेटेको विश्वका उत्कृष्ट गन्तव्यस्थलको सूचीको पहिलो नम्बरमा इंग्ल्याण्डको जेन अस्टिन, इक्वेडरको ग्यालापागोस द्वीप, न्यूयोर्क म्युजियम, भारतको आसाम, थाइल्याण्डको ह्वाइट लोटस लगायत छन् ।

https://www.nytimes.com/interactive/2025/travel/places-to-travel-destinations-2025.html



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर– पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको छ। शनिबार भक्तपुरको लोकन्थलीस्थित उनको निवासमा आयोजना गरिएको पुस्तकको

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा

काठमाडौं – ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापी रुपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक(करप्सन पर्सेप्सन इन्डेक्स-सीपीआई) मा नेपालको अवस्था गतवर्षभन्दा खस्किएको छ

काठमाडौं – पोखरा महानगरपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । फागुन ३ गते प्रदर्शनी केन्द्रमा एक