"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटा उजुरी

प्रकाशित मिति :  6 January, 2025 10:16 pm


काठमाडौं – प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटा उजुरी परेका छन्। सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति रामहरि खतिवडाले ९२ वटा उजुरी परेकोमा ५८ वटा उजुरीहरू दर्ता गरिएको जानकारी दिए।

उनले बाँकी ३४ वटा उजुरीहरू अध्ययनका क्रममा रहेको जानकारी दिए। उजुरीहरूको बारेमा अध्ययन गर्नको लागि उपसमिति गठन गरेर अघि बढ्ने सभापति खतिवडाको भनाइ छ। उनले कतिपय उजुरीहरू समितिको कार्यक्षेत्रमा नपर्ने भएका कारण समितिको नियमावलीअनुसार सर्वसाधारणबाट प्राप्त उजुरीका सन्दर्भमा सुनुवाइ गर्ने बताए।

उनले भने, ‘अहिलेसम्म ५८ वटा उजुरीहरू सचिवालयमा दर्ता भएका छन्। कतिपय बेनामेहरू, चिठीबाट आएका अन्य ३४ वटा गरी ९२ वटा उजुरीहरू समितिमा पुगेका छन्। उजुरीहरूको सम्बन्धमा के गर्ने भनेर हामीले एउटा उपसमिति बनाउँछौं। कतिपय उजुरीहरू हाम्रो कार्यक्षेत्रभित्र पर्छन् कतिपय पर्दैनन्। हाम्रो समितिको नियमावलीमा सर्वसाधारणबाट प्राप्त उजुरीहरूको सुनुवाइ गर्ने भनेर उल्लेख गरिएको रहेछ। अब हामी यी उजुरीको बारेमा अध्ययन गर्नको लागि एउटा उपसमिति गठन गर्छौं।’

बैठकमा अधिकांश सांसदहरुले समितिमा प्राप्त उजुरीहरूको अध्ययन उपसमिति गठन गर्नुपर्ने धारणा राखे। उपसमितिको प्रतिवेदनको आधारमा कार्यक्षेत्रमा पर्ने उजुरीहरूमा सुनुवाइ गर्नुपर्ने बताए।

  • न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको

काठमाडौं – सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ

ललितपुर- प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला वर्षहरूमा भ्रष्टाचार अन्त्य चुनौतीका रूपमा देखा परेको बताएकी छन्। ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा मानवअधिकारको विश्वव्यापी