"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको प्रधानमन्त्रीको स्वीकार

प्रकाशित मिति :  २१ पुष २०८१, आईतवार २०:५५


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकारको कामहरू सकारात्मक भए पनि पर्याप्त नभएको बताएका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै जनताले अपेक्षा गरेअनुसारको काम गर्न नसकेको स्वीकार गरेका हुन् । 

ओलीले राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘नयाँ सरकारका यी कामहरू सकारात्मक छन्, तर पर्याप्त भने छैनन् ।’ दुई मुख्य दलको साझेदारी र अन्य दलहरू समेतको सहभागितामा बनेको शक्तिशाली सरकारबाट जनताले अझ तीव्र विकास, परिवर्तन र डेलिभरीको अपेक्षा गरिरहेको समेत ओलीको भनाइ छ ।

एमाले अध्यक्षका रूपमा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा जाजरकोट र रुकुम पश्चिमको पुनर्निर्माणमा काम गर्न नसकेको बताएका छन् । ‘एक वर्ष बितिसक्दा पनि जाजरकोट र पश्चिम रुकुममा पुनर्निर्माणको थालनी नहुनु र असोज दोस्रो साताको बाढीबाट पीडितहरूको पुन:स्थापनामा ढिलाइ हुनु सोचनीय विषय हो,’ ओलीको प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै विगतदेखि नै आफूले उत्पादन गरेका वस्तुहरूको उचित बजार र उचित मूल्य नपाउने किसानहरूको समस्या समाधान हुन नसक्नु, विकास निर्माणमा अपेक्षित गति नआउनु र सरकारी सेवा प्रवाह, लगानी र व्यावसायिक वातावरणमा अपेक्षित सुधार नआउनु सरकारकासामु तेर्सिएका मुख्य चुनौती भएको पनि ओलीको भनाइ छ । ओलीले भनेका छन्, ‘सरकारले यस दिशामा अपेक्षित परिणाम दिनैपर्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ कृषि अनुदानमा खर्च गरेको छ। मन्त्री

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज

काठमाडौँ – सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलबार राष्ट्रिय सभामा दर्ता गराएको