"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचार निवारण विधेयक राज्यव्यवस्था समितिबाट पारित

प्रकाशित मिति :  १८ पुष २०८१, बिहीबार २२:३०


काठमाडौँ – राज्यव्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । समितिको बिहीबारको बैठकबाट उक्त विधेयक पारित भएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

विधेयकमाथि राज्यव्यवस्था समितिले गठन गरेको हृदयराम थानी संयोजकत्वको उपसमितिले गठन गरेको प्रतिवेदनमाथि छलफल गरेर पारित गरेको हो । विधेयकमाथिको प्रतिवेदन समितिले तयार पारेर संघीय संसद्को आगामी अधिवेशनमा पेस गर्नेछ ।

विधेयकमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त गरी कुनै संस्थाले कार्यक्रम वा परियोजना सञ्चालन गरेकोमा त्यस्तो कार्यक्रम वा परियोजना सम्बन्धी कामकारबाही गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, अनुसन्धानका लागि विशेष अनुसन्धान विधि र नवीन प्रविधिको प्रयोग गर्नसक्ने लगायतका व्यवस्था गरिएको छ । जसमा, नियन्त्रित अनुसन्धान विधि, गुप्त अनुसन्धान विधि, अदालतको अनुमति लिएर टेलिफोन वा सञ्चार माध्यमको विवरण लिने र कम्प्युटर वा अन्य विद्युतीय साधानको संरचना वा प्रणालीमा पहुँच पुर्‍याउने व्यवस्था पनि रहेको छ । भ्रष्टाचार निवारण विधेयक २०७६ माघ ६ मा राष्ट्रिय सभामा दर्ता भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कांग्रेस, एमाले र माओवादीको साथ पाएपछि सभामुख देवराज घिमिरेले शुक्रबारको प्रतिनिधिसभा बैठक जबरजस्ती रूपमा सञ्चालन गरेका छन्। भिजिट भिसा

काठमाडौँ – विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरेपछि बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले आजको बैठक सुरु

काठमाडाैँ – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले

काठमाडौँ – संवैधानिक निकाय तथा आयोगहरुमा गरिएको ५२ जना पदाधिकारी नियुक्तविरुद्ध परेको रिटको निर्णय आज सुनाइने भएको छ। साढे ४ वर्षअघि