"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गल्याङमा गड्यौले मलको उत्पादन सुरु

प्रकाशित मिति :  १५ पुष २०८१, सोमबार १३:२५


स्याङ्जा – गल्याङ नगरपालिकाले गड्यौले मलको उत्पादन सुरु गरेको छ । गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराईले किसानहरुलाई गड्यौला वितरण गरेका छन् । वडा नम्बर ११ जिमुहाका समुहमा आवद्ध १७ जना किसानहरुलाई गड्यौले मल उत्पादनको लागि ५/५ किलोका दरले गड्यौला वितरण गरिएको हो।

गल्याङ नगरपालिकाको समन्वयमा नगरवासीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै कुहिने फोहोरलाई गड्यौले अर्गानिक कम्पोस्ट मल बनाउने र रासायनिक मल तथा विषादीको प्रयोगलाई निरुत्साहित गर्दै गड्यौले मल उत्पादन, उपयोग र बजारीकरण गर्ने उद्देश्य रहेको छ ।

आईडिइ नेपालको आर्थिक तथा प्राविधिक सहयोग, आपसी सहयोग केन्द्रको साझेदारीमा श्री शुभ विहानी महिला बहुउद्देश्यीय सहकारी संस्था र परिवर्तन बहुउद्देश्यीय सहकारी संस्था गल्याङको सहजीकरणमा गड्यौले मलको उत्पादन सुरु भएको छ।

नगरपालिकाको सहजीकरणमा गल्याङ नगरपालिका भित्रका विभिन्न वडाहरुमा अर्गानिक कम्पोस्ट गड्यौले मल बनाउन किसानलाई प्रेरित गर्दै गड्यौला पालनको लागि आवश्यक सामाग्री, तालिम तथा गड्यौला नि:शुल्क रुपमा वितरण गरिने नगर प्रमुख भट्टराईले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिन दिनेशप्रसाद यादवविरुद्ध सवा ३ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधहरू माफ गर्न

काठमाडौं – सरकारी निकायमा कार्यरत अस्थायी र करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।श्रम

काठमाडौं – नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ । नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा