"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल भारतबीच चार वटा सम्झौता पत्रमा हस्ताक्षर

प्रकाशित मिति :  2 April, 2022 9:30 pm


काठमाडौं । नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणका क्रममा शनिबार नेपाल र भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुई देशका प्रतिनिधिमण्डलबीच उक्त सम्झौतमाहस्ताक्षर भएको हो ।
नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्रविधिक सहयोग, पेट्रोलियम पदार्य आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कार्पोरेसनबीच प्रविधि विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।
त्यस्तै, प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले नेपाली रेलको भर्चुअल उद्घाटन गर्नुभएको छ । दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर रेल उद्घाटन गर्नुभएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको

काठमाडौं – सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ

ललितपुर- प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला वर्षहरूमा भ्रष्टाचार अन्त्य चुनौतीका रूपमा देखा परेको बताएकी छन्। ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा मानवअधिकारको विश्वव्यापी