"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कारबाही सिफारिस

प्रकाशित मिति :  ५ पुष २०८१, शुक्रबार २१:४२


काठमाडौं – काठमाडौं महानगरपालिकाले प्रमख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाहीका लागि सिफरिस गरेको छ।

महानगरले शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै काठमाडौं टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएपछि कारबारहीको सिफारिस गरेको जनाएको छ।

पत्रकार सम्मेलनमा महानगरका प्रवक्ता नविन मानन्धरले महानगरको मापदण्ड विपरीत नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिएकोले आवश्यक छानबिन गरि कारबाही गर्न सिफारिसस गरेको जानकारी दिए।

उनले अहिलेसम्म प्रशासकीय अधिकृतलाई हटाउने कुनै पनि निर्णय नभएको पनि स्पष्ट पारे।

  • न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र

काठमाडौँ – सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबारदेखि लागू हुने गरी नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरको

काठमाडौँ – अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको

काठमाडौँ – सर्प, बाघ, गैँडा, हात्ती र भालुको आक्रमणबाट पछिल्ला पाँच महिनाको अवधिमा ८३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको