"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि बढ्न मन्त्री पाण्डेको आग्रह

प्रकाशित मिति :  ३ पुष २०८१, बुधबार २०:२९


काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्नेमा जोड दिएका छन्। बुधबार नेपाल हस्तकला महासंघ नेपालले पहिलोपटक राजधानीमा आयोजना गरेको नेपाल–चाइना सांस्कृतिक शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।

मन्त्री पाण्डेले भने,पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुको विकल्प छैन। निजी क्षेत्र अघिअघि सरकार पछिपछि भएपछि मात्रै पर्यटन क्षेत्रको विकास सम्पन्न हुने हो।’ उनले चिनियाँहरुले संस्कृतिभित्र पनि अमूर्त पक्षलाई ‘स्टोरी टेलिङ’ को माध्यमबाट पर्यटन क्षेत्रको प्रचार पसार गरिरहेकोप्रति खुसी व्यक्त गरे। मन्त्री पाण्डेले भौतिक संस्कृतिले मात्रै धेरै कुरा नबोल्ने भएकाले मूर्त र अमूर्त संस्कृतिलाई जोड्न ‘स्टोरी टेलिङ’को महत्व हुने बताए।

उनले प्रकृतिमाथिको खतराबाट जोगिन पर्यावरणमैत्री पर्यटनमा जोड दिए। मन्त्री पाण्डेले पछिल्लो समय आइटी क्षेत्रको विकासले शिखर चुमेको उल्लेख गर्दै डिजिटल टुरिजम विकासतर्फ समेत ध्यान दिएर अघि बढ्नु पर्नेमा जोड दिए। उनले नेपाल र चीनबीच प्राचिन समयदेखि नै चित्रकला, काष्ठकला लगायतका विषय समेत जोडिएको स्मरण गर्दै नेपाल चाइना शिखर सम्मेलनले दुई देशबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरे।

उनले स्थलमार्ग र हवाईमार्ग मार्फत नेपाल प्रवेश गर्ने पर्यटकहरुको सहजताका लागि सरकारको तर्फबाट कुनै पनि कसुर बाँकी नराख्ने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रतिनिधिसभाको अवरोध अन्त्य गर्न सत्ता पक्ष र प्रतिपक्षबीच दुई बुँदे सहमति भएको छ। शुक्रबार भएको सहमतिमा सत्ता पक्षबाट

काठमाडौँ –  मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रसँग सम्बन्धित प्रायः सबै सूचक अब्बल देखिएका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको

काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा महत्त्वपूर्ण नभएको

काठमाडौँ – सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । काठमाडौं महानरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय