"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘शाम्बाला’ ९७ औं अस्कर अवार्डको दौडबाट बाहिरियो

प्रकाशित मिति :  ३ पुष २०८१, बुधबार १२:२३


काठमाडौं – नेपालबाट सिफारिस भएको फिल्म ‘शाम्बाला’ ९७ औं अस्कर अवार्डको दौडबाट बाहिरिएको छ । नेपाली समयानुसार बुधबार बिहान एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले अन्तर्राष्ट्रिय फिचरसहित १० विधामा सर्टलिस्ट मनोनयन घोषणा गरेको छ ।

मीनबहादुर भाम निर्देशित उक्त नेपाली फिल्मसहित ८५ फिल्मले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धा गरेका थिए । सर्टलिस्टको सूची हेर्दा यसपटक एसियालाई धक्का लागेको छ । सर्टलिस्टमा एसियाबाट थाइल्याण्डको फिल्म ‘हाउ टु मेक मिलियन्स बिफोर ग्राण्डमा डाइज’ मात्र छनोट भएको छ ।

भारतको औपचारिक सिफारिस फिल्म ‘लापता लेडिज’बाट पनि प्रतिस्पर्धाबाट बाहिरियो । चीनको फिल्म त प्रारम्भिक छनोटमै योग्य हुन सकेन । दक्षिण कोरिया, जापान र पश्चिम एसियाली मुलुकबाट समेत कुनै फिल्म यसपटक यस विधामा छनोट भएनन् । यसपकको सर्टलिस्ट एसियाको लागि निराशजनक देखिएको छ ।

इतिहास रच्दै बर्लिनमा छनोट भएको नेपालको ‘शाम्बाला’ सर्टलिस्ट मनोनयनमा पर्ने कुरालाई लिएर धेरैजना आशावादी थिए । यसपटक पनि नेपालको अस्कर दौड निराशजनक बनेको छ । सर्टलिस्टमा १५ फिल्म समावेश छन् । यसबाट पनि अन्तिम ५ फिल्मको मनोनयन घोषणा जनवरी १७ मा घोषणा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । विभागले

काठमाडौँ – सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चारजनाविरुद्ध मुद्दा दायर गरिएको छ।

झापा – नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते

काठमाडौँ – राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध पाँच करोड ७९ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर