"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेलद्वारा पाँच राजदूत नियुक्त

प्रकाशित मिति :  13 December, 2024 8:38 pm


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयले शुक्रबार पाँच जनालाई राजदूत नियुक्त गरेको जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पाँच जनालाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

राष्ट्रपति पौडेलले दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे, पोर्चुगलका लागि प्रकाशमणि पौडेललाई, स्पेनका लागि सनिल नेपाल, बेल्जियमका लागि सेवा लम्साल र दक्षिण अफ्रिकाका लागि प्राध्यापक कपिलमान श्रेष्ठलाई राजदूतमा नियुक्त गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन