"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘दसैँ आयो’ अस्करको युवा सर्ट फिल्म प्रतिस्पर्धा उत्कृष्टमा

प्रकाशित मिति :  १५ मंसिर २०८१, शनिबार १३:५८


काठमाडौँ- अस्करको दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धा शिल्पा केसीको निर्देशनमा बनेको छोटो फिल्म ‘दसैँ आयो’ले जितेको छ। अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) को आयोजनामा सम्पन्न दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धामा ‘दसैँ आयो’ प्रथम भएको हो। फिल्मले एक लाख नगदसहित पुरस्कार पाएको छ।

प्रतियोगितामा अर्जुन तिरुवाको ‘द ब्रिज’ दोस्रो र विशाल झाको ‘अन्तिम यात्रा’ तेस्रो भएको छ। स्पेसल मेन्सन अवार्ड देवनन्दन मण्डलको ‘पेपर बोन्ड्स’ले जितेको छ।

२० वर्षमुनिका उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीलाई ८ देखि १५ मिनेटसम्मका फिल्म कात्तिक पहिलो सातासम्म पठाइसक्नुपर्ने आव्हान गरिएको थियो। कलेजका प्रधानाध्यापक रामराजा दाहालले फिल्म निर्माणमा उदीयमान प्रतिभाको पहिचान गरी विशेष अवसर प्रदान गर्न यो प्रतियोगितालाई निरन्तरता दिएको बताए।

उनले भने, ‘फिल्म अत्यन्तै सिर्जनात्मक विधा हो र युवाको मस्तिष्क सिर्जनशील हुने भएकाले हामीले उनीहरुलक्षित फिल्म निर्माण प्रतिस्पर्धा गरेका हौँ।’ युवा फिल्ममेकरमा विश्वास र लगानी गर्दा फिल्म क्षेत्रमा अर्को पुस्ता तयार हुने उनको भनाइ छ।

प्रथम, द्वितीय, तृतीय र स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउने छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- लेखक धर्मेन्द्र नेम्बाङले एकसाथ चार कृति बजारमा ल्याएका छन्। जसमा ‘कृष्णविक्रम नेम्बाङले हिँडेको क्रान्तिको बाटो’, ‘पितापुर्खाको कथा’, ‘कांग्रेस पार्टीको रूपान्तरण

काठमाडौँ- प्राध्यापक कृष्ण गौतमको निबन्धसंग्रह ‘रानीहार’ प्रकाशित भएको छ। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो। निबन्धसंग्रहमा आयु, जीवन, आकाश, विद्यार्थी, आँखा,

काठमाडौँ – आज विश्व प्रतिलिपि अधिकार दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक

काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न १० जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ। प्रत्येक वर्ष प्रदान गरिने यी पुरस्कारको राशि