"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मंसिर १५ देखि एनपीएलको खेल सुरु हुने, खेलतालिका सार्वजनिक

प्रकाशित मिति :  ४ मंसिर २०८१, मंगलवार ११:३७


काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक भएको छ। मंसिर १५ गतेदेखि काठमाडौँमा हुन लागेको एनपीएलका लागि सोमबार प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको हो।

सार्वजनिक तालिकाअनुसार उद्घाटन खेल जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच हुनेछ। उद्घाटन खेल दिनको १२ : १५ बजेदेखि सुरू हुने एनपीएलले जनाएको छ।

पहिलो दिन एउटा र त्यसपछि दुई खेल हुने आयोजकले जनाएको छ। हरेक दिन पहिलो खेल बिहान ९ : १५ र दोस्रो खेल दिनको १ : १५ बजे सुरू हुनेछ।

३० नोभेम्बरदेखि १६ डिसेम्बरसम्म लिग चरण र १८ डिसेम्बरमा एलिमिनेटर तथा क्वालिफायर १ राउन्डको खेल राखिएको छ। क्वालिफायर २ १९ डिसेम्बरमा हुनेछ।

२१ डिसेम्बरमा क्वालिफायर १ र क्वालिफायर २ उपाधिका लागि प्रस्पिर्धा गर्नेछ। प्रतियोगिताको सबै खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनेछ। पहिलोपटक हुन लागेको एनपीएलमा देशभरका आठ टिम सहभागी छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी सिरिजमा नेपालले तेस्रो खेलमा जित हासिल गरेको छ। सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डसँगको खेलमा नेपाल २ रनले पराजित भएको छ । स्कटल्याण्डले दिएको ३२४

काठमाडौँ – नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले आईसीसी विश्वकप लिग २ एकदिवसीय त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार राति

काठमाडौँ – पन्जाब किग्संलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि उचालेको छ। मंगलबार राति