"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्वास्थ्य सामग्री र उपकरण अनिवार्यरुपमा दर्ता गर्न निर्देशन

प्रकाशित मिति :  17 November, 2024 1:51 pm


काठमाडौं – अबदेखि अस्पताल र स्वास्थ्य संस्थाहरुमा उपचारको क्रममा प्रयोग गरिने औषधी बाहेकका प्रविधिजन्य स्वास्थ्य सामग्रीहरु अनिवार्यरुपमा दर्ता हुनुपर्ने भएको छ। 

औषधी व्यवस्था विभागले सूचना निकाल्दै उपचारको क्रममा प्रयोग गरिने औषधी बाहेकका प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणहरु उत्पादन तथा व्यवसाय गर्नेले तीन महिना भित्र विभागमा गएर दर्ता गर्न आग्रह गरेको हो ।  

 ‘‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणहरुको बिकी वितरण गर्दै आएका वा चाहने व्यक्तिहरुले थोक वा खुद्रा फर्म यस विभागमा दर्ता गर्नु र गराउनु हुन यो सूचना प्रकाशित भएको मितिवाट ३ महिना भित्र विभागबाट तोकिएको कागजातहरु सहित निवेदन दिनु हुन मिति २०८१।०७ ।२३ को विभागीय निर्णयानुसार सम्बन्धित सरोकारवालाहरु सबैमा जानकारी गराइन्छ।’’ सूचनामा उल्लेख गरिएको छ । 

यो सँगै अबदेखि अस्पतालमा विरामीको उपचारको  क्रममा प्रयोग गरिने सिरिन्ज, ब्लड कलेक्सन ट्युव व्याग मुटुको उपचारमा प्रयोग गरिने पेसमेकरहरु अनिवार्य विभागमा दर्ता गर्नुपर्ने भएको छ ।

स्वास्थ्य उपचारमा प्रत्यक्ष रुपमा प्रयोगमा आउने प्रविधिजन्य स्वास्थ्य सामग्री गुणस्तर र मूल्यको एकीन गर्ने मुख्य उद्देश्यले छ वर्षअघि सरकारले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका, २०७४ ल्याएको थियो । 

तर, त्यसको कार्यान्वयन अहिलेसम्म हुन सकेको थिएन तर अहिले आएर विभागले उक्त निर्देशिका कार्यन्वयनमा ल्याएको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयले सूचना जारी गरेर रामशाहपथमा रहेको भवनबाट

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ