"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेय अनुमोदित

प्रकाशित मिति :  8 November, 2024 7:07 pm


काठमाडौँ – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेय संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका छन् । समितिका जेष्ठ सदस्य पशुपतिशमशेर जबराको सभापतित्वमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयलाई अनुमोदन गरेको हो ।

संसदीय सुनुवाइ समितिका ज्येष्ठ सदस्य जबराले सर्वसम्मतिले निरौला र पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि अनुमोदन गरिएको जानकारी दिए ।

बैठकमा निरौला र पाण्डेयले कार्ययोजना र अवधारणा प्रस्तुत गरेका थिए । त्यसपछि सांसदले निरौलाका सम्बन्धमा प्राप्त उजुरीका आधारमा थप प्रश्न गरेका थिए । न्यायाधीश सिफारिस पाण्डेयविरुद्ध भने उजुरी परेको थिएन ।

न्याय परिषद्को असोज ११ को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र उच्च अदालत दाङ तुलसीपुर इजलासका मुख्य न्यायाधीश पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

दुवै न्यायाधीशले स्वतन्त्र, निष्पक्ष, छरितो र गुणस्तरीय न्यायसम्पादन नै न्यायाधीशको मुख्य कार्यभार एवं दायित्व हुने र सोहीअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् । स्वतन्त्र, निष्पक्ष एवं सक्षम न्यायपालिकाको मूल्य मान्यतालाई आत्मसात् गर्दै सविधान, कानुन र न्यायका मान्य सिद्धान्तसमेतका आधारमा न्यायिक सम्पादन गर्ने उनीहरूको प्रतिबद्धता थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन