"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

थाइ एयर एसियाको बैंकक-भैरहवा उडान आरम्भ

प्रकाशित मिति :  १८ कार्तिक २०८१, आईतवार २१:२४


भैरहवा – थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडान आज आइतबारबाट सुरु गरेको छ। थाइले बैंककबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानसस्थलमा उडान गरेको हो। यससँगै अब थाइले भैरहवाबाट साताको २ दिन सोमबार र विहीबार उडान गर्नेछ।

अब ८ नोभम्बर (२३ मंसिर) मा अर्को उडान हुने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। उनका अनुसार आज बिहान ७ बजे विमानस्थलमा जहाज अवतरण गरेको थियो। लगत्तै बिहान ७:४० बजे बैंकक प्रस्थान गरीसकेको उनले बताए।

विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए। भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरु बीचको अवार्ड प्रतियोगिताको उत्कृष्ट ४०को

काठमाडौँ – चैत अन्तिम सातादेखि स्टार्टअप उद्यम कर्जा वितरण गरिने भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठाले परियोजना अन्तिम छनोटमा परेका

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले २५ करोड बराबरको अवैध विदेशी मुद्रा बरामदका घटनामा विशेष छानविन गर्न माग गरेको छ।