"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समस्याग्रस्त सहकारीमा ३९ अर्ब ९३ करोड वढी माग दावी, १ अर्ब ५१ करोड फिर्ता

प्रकाशित मिति :  29 October, 2024 7:13 pm


काठमाडौँ- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ हजार ५९३ बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रुपैयाँ बचत फिर्ता गरेको छ। मंगलबार आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले केही बचतकर्तालाई बचत फिर्ता गरेको बताएका हुन्। 

 ६२ हजार ७६० बचतकर्ताको ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपैयाँ माग दाबी परेकामा १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रुपैयाँ बचत फिर्ता भएको हो।

फिर्ता रकममध्ये १ अर्ब ४८ करोड ५१ लाख ३७ हजार ७१५ रुपैयाँको हिसाब राफसाफ भएको हो। दाबीमध्ये थप ३ करोड १ लाख ९९ हजार रुपैयाँ पाएकाहरूको रकम आंशिक मात्रै भएको समितिले जनाएको छ।

अहिलेसम्म तीन वटा सहकारीको राफसाफ भएको जनाएको छ। समितिले आव २०८१/८२ असार मसान्तसम्म थप ९ वटा सहकारी संस्थाको बचत फिर्ता तथा हिसाब राफसाफ गर्ने लक्ष्य रहेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा