"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बालुवाटारबाट रास्वपाका सांसद् र कार्यकर्ता पक्राउ

प्रकाशित मिति :  29 October, 2024 3:34 pm


काठमाडौं – काठमाडौंको बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदर्शन गरेको छ। सभापति रवि लामिछानेलाई सहकारी अपचलन, संगठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा रास्वपाले प्रदर्शन गरेको हो। मंगलबार दिउँसो बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार अहिलेसम्म ५१ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई प्रहरी वृत्त मालिगाउँ, दरबारमार्ग, महाराजगन्जमा राखिएको छ।

त्यस्तै रास्वपाले अहिले भाटभटेनी क्षेत्रमा प्रदर्शन गरिरहेको हो। प्रहरीले विभिन्न ठाउँमा ब्यारिकेड राखेर सुरक्षा कडा पारेको छ। प्रहरीले सर्वसाधरणलाई समेत जाँच गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन