"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डेंगु सङ्क्रमणबाट कसरी जोगिने ?

प्रकाशित मिति :  ९ कार्तिक २०८१, शुक्रबार १७:३५


काठमाडौँ – चिसो सुरु भए पनि डेंगु लगायत किटजन्य रोगको जोखिम बढ्दो छ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार मनसुनपछि लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण सिर्जना हुन्छ । अहिले चिसो सुरु भए पनि डेंगु सङ्क्रमणको जोखिम बढ्ने डा. चालिसेको भनाइ छ ।

 देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । 

डेंगु के हो ?

डा. चालिसेका अनुसार डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्दछ । उहाँका अनुसार एडिज जातको लामखुट्टे विशेषगरी, सूर्योदयको समय दिउँसो र घाम अस्ताउने (बेलुका) को समयमा सक्रिय हुने गर्छ ।

उहाँका अनुसार एडिज जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्दछ । उच्च ज्वरो आउनु, जोर्नी तथा मांसपेशी दुख्नु डेंगु सङ्क्रमणका प्रमुख लक्षण हुन् ।

यसबाहेक आँखाको पछाडिको भाग दुख्ने, ज्यान दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, पेटमा गाह्रो हुने जस्ता लक्षण देखिने डा.चालिसे बताउनुहुन्छ ।

डेंगुको सङ्क्रमण सबै उमेर समूहका मानिसलाई हुन सक्छ । साना बालबालिका, ज्येष्ठ  नागरिक, दीर्घरोगी, गर्भवती डेंगु भएमा जटिल स्वास्थ्य समस्या निम्तिने डा.चालिसेको भनाइ छ ।

एक पटक डेंगु सङ्क्रमण भएका मानिसमा अर्को पटक डेंगु सङ्क्रमण हुँदा झन् जटिल स्वास्थ्य समस्या निम्तिने उहाँ बताउनुहुन्छ ।  डेंगु अहिलेसम्म कुनै पनि उपचार विधिको विकास नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने प्रमुख उपाय हो । डेंगु भएको बेलामा जथाभाबी औषधीको नखान उहाँको सुझाव छ ।

उहाँ भन्नुहुन्छ, “डेंगु भएको बेलामा औषधी आवश्यक पर्दैन । धेरै जस्ता सङ्क्रमित ज्वरो कम गर्न प्यारासिटामोल र घरमै झेलिलो पोसिलो खानेकुरा खाएर आराम गर्दा निको हुन्छ ।” यदि जथाभाबी औषधी खाएर हेलचेक्राइँ गरेको जटिल स्वास्थ्य समस्या निम्तने उहाँ बताउनुहुन्छ । 

उहाँका अनुसार गिजालगायतका शरीरका विभिन्न भागबाट रक्तस्राव हुने, अत्यधिक मात्रमा वान्ता हुने, पेट फुल्ने, दुख्ने, सास फेर्न गाह्रो हुने, बेचैनी हुने डेंगु सङ्क्रमणका जटिल स्वास्थ्य समस्या हुन् ।  हेलचेक्राइँ गरेमा बिरामीको मृत्युसमेत हुने भएकाले गम्भीर समस्या देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिन उहाँको सुझाव छ ।

उहाँका अनुसार लामखुट्टेको टोकाइबाट जोगिन पूरा शरीर ढाकिने गरी कपडा लगाउने राति सुत्ने बेलामा झुलको प्रयोग गर्न, लामखुट्टेको धूप बाल्ने, मलम लगाउनुपर्छ ।    

घर वा कार्यालय वरपर पानी जम्न नदिने, खाल्डाखुल्डीहरु पुर्ने र घरआगन सफा राख्ने । लामखुट्टेलाई फुल पार्न नदिनका लागि एउटै ठाउँ भाँडोमा पानी जम्मा गरेर नराख्ने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन् । उनले तिहारले सबै नेपालीमा उमंग ल्याउन शुभकामना

काठमाडौँ —  भाइटीकाको शुभ साइत आइतबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने

काठमाडौँ – यातायात व्यवसायीबाट पालिकाहरूले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले  स्थानीय प्रशासनलाई

स्याङ्जा- गल्याङ नगरपालिकाले सञ्चालन गरेको कृषक सँग कृषि प्राविधिक कार्यक्रमबाट पाँच हजार बढि कृषक परिवार लाभान्वित भएका छन् । नगरपालिकाको