"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै

प्रकाशित मिति :  23 October, 2024 11:41 am


काठमाडौँ – सरकारले १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ। सत्ता साझेदार दलहरूको बैठक अहिले केही बेरमा बस्दैछ। बैठकमा सरकार निर्माणका १०० दिनको समीक्षा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साढे २ बजे सिंहदरबारबाट आफू नेतृत्वको सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो।

यसअघि प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग उनीहरूले १०० दिनमा गरेका प्रगतिबारे विवरण लिइसकेका छन्। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेपछि ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले १०० दिन पूरा गरेपछि प्रगति विवरण सार्वजनिक गर्न लागेका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको

काठमाडौं – सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ