"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काभा भलिबलको फाइनलमा नेपाल उज्वेकिस्तानसंग पराजित

प्रकाशित मिति :  २७ आश्विन २०८१, आईतवार ११:३८


काठमाडौँ- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू-२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ।

कोलम्बोमा शनिबार सम्पन्न फाइनलमा उज्वेकिस्तानसँग नेपाल ३-१ को सेटमा पराजित भएको हो। खेलको सुरुवाती पहिलो सेटमा २७-२५ को सानदार जित निकालेको नेपालले त्यसपछिको लगातार तीन सेट गुमाउन पुगेको थियो। खेलको दोस्रो सेट २५-१०, तेस्रो सेट २५-१६ र चौथो तथा अन्तिम सेटमा नेपाल २५-२० ले पराजित बन्यो।

समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई हराउँदै फाइनमा उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो। त्यसैगरी नेपालले समूह चरणमा श्रीलंका, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो।

श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए। प्रतियोगिता यही असोज २० गतेदेखि सञ्चालन भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै

काठमाडौँ – ओपनर कुशल भुर्तेल र अलराउन्डर दीपेन्द्र सिंह ऐनको आक्रामक ब्याटिङले नेपालले हङकङमा जारी चार देशदेशीय टी२० शृ‌खलामा रवाफिलो जित

काठमाडौँ- यू–१९ एकदिवसीय क्रिकेट शृंखलाको दोस्रो खेलमा पनि नेपाली टोली अफगानिस्तानसँग पराजित भएको छ। शृंखलाको दोस्रो खेलमा नेपाल एक रनले पराजित

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाका स्टुआर्ट लाई नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। क्यानले