"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमसीसी पारित नभए गठबन्धन नै टुट्न सक्ने चेतावनी

प्रकाशित मिति :  १७ माघ २०७८, सोमबार १६:२७


फाईल फोटो

अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्ता गठबन्धनभित्र तनाव बढेको छ । गठबन्धनका अन्य दलले भने एमसीसी अहिलेकै अवस्थामा पारित गर्न नसकिने अडान राख्दै आएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को चालु अधिवेशनबाटै एमसीसी पास गर्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन् । 

प्रधानमन्त्री देउवाले एमसीसी पारित नभएको अवस्थामा गठबन्धन नै टुट्न सक्ने चेतावनी दिएको स्रोतको भनाइ छ । सत्ता गठबन्धनमा आबद्ध चार दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा अहिलेकै अवस्थामा एमसीसी पारित गन नहुने पक्षमा छन् । प्रधानमन्त्री भएपछि देउवाले अहिले तेस्रोपटक एमसीसी पारित गर्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन् । सत्ता गठबन्धनकै दलहरूका असहयोगका कारण यसअघि उनी एमसीसी अगाडि बढाउन असफल भएका थिए । 

देउवाले एमसीसीको विषयमा सहमति जुटाउन आइतबार एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादीका नेता नारायणकाजी श्रेष्ठसँग छलफल गरेको देउवाको सचिवालयका एक सदस्यले बताए । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्याङ्जा । गल्याङ कृषि पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत २५६ बीउ बाख्रा वितरण गरिएको छ । ‘भोकालाई एक छाक भोजन

काठमाडौं । विश्व बैंकले नेपालका लागि थप ८ करोड (१० अर्ब ६९ करोड रुपैयाँ) अमेरिकी डलर बराबरको विकास नीति ऋण

काठमाडौं । अनुसन्धानको क्षेत्रमा काम गर्ने विश्वचर्चित गार्टनर इङ्कको तथ्याङ्क अनुसार सन् २०२४ मा विश्वभर ५० खर्ब अमेरिकी डलर (छ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता