"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै

प्रकाशित मिति :  29 September, 2024 11:58 am


काठमाडौँ – सरकारले सर्वदलीय बैठक बाेलाएकाे छ। अविरल वर्षापछि आएकाे बाढीपहिराेका कारण देखा परेको विपदपछिकाे राहत, उद्दार र धनजनकाे क्षतिका बारेमा छलफल गर्न सरकारले आइतबार दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको सचिवालयले जानकारी दिएको छ। 

बैठक सिंहदरबारमा बस्नेछ। यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  पनि अविरल वर्षा, बाढी पहिरोबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।

आइतबार बिहान १० बजे माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको

काठमाडौं – सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ

ललितपुर- प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला वर्षहरूमा भ्रष्टाचार अन्त्य चुनौतीका रूपमा देखा परेको बताएकी छन्। ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा मानवअधिकारको विश्वव्यापी