"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दुई महिनामै एक लाख १५ हजार विदेशीए

प्रकाशित मिति :  ८ आश्विन २०८१, मंगलवार १९:५९


काठमाडौँ- चालु आर्थिक बर्षको दुई महिनामा एक लाख १५ हजार ६ सय ७२ जना वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनमा ५९ हजार ५ सय ७५ र भदौमा ५७ हजार चारसय ९३ जना युवाले श्रमस्वीकृति लिएर ९५ देश पुगेका छन्। श्रमस्वीकृति लिएकामध्ये ६४ प्रतिशत नयाँ र ३६ प्रतिशत बिदामा आएर पुनः  जाने गरेको विभागको तथ्यांक छ।

यो गत वर्षको तुलनामा करिब ९ प्रतिशतले बढी भएको विभागले जनाएको छ। विभागका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनामा १ लाख ६ हजार ४ सय ५९ श्रम स्वीकृति लिएर विदेशीएका थिए।

पछिल्लो ३ वर्षमा २२ लाख ५४ हजार युवा रोजगारीको खोजीमा ९५ देश पुगेको विभागको तथ्यांकमा छ। वार्षिक ७ लाख १४ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए। उनका अनुसार दुई बर्षयता विकासित र युरोपका देश जाने कामदारको संख्या पनि बढ्दो छ।

श्रमस्वीकृति सेवा पूर्ण अनलाइन, श्रमिकमैत्री कानुन परिमार्जन र रोजगारदाता देशमा श्रमिक अभावका कारण विदेशीनेको संख्या बढेको उनको भनाइ छ।
पछिल्लो समय करारअवधि सकिएर आएका कामदार पुनः वैदेशिक रोजगारीमा जाने क्रम बढेको र व्यक्तिगत भिसामा जाने कामदारको संख्या बढेको विभागले जनाएको छ।

गत आवमा रोजगारी खोज्दै ७ लाख ४१ हजार र अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी ७ लाख ७१ हजार वैदेशिक रोजगारीमा गएको विभागका तथ्यांकमा छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रसँग सम्बन्धित प्रायः सबै सूचक अब्बल देखिएका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको

काठमाडौँ – सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । काठमाडौं महानरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय

काठमाडाैँ – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्ने आकांक्षालाई गम्भीर ढङ्गबाट हेरिएको बताएका छन् । मंगलबार