"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बैंकहरूले बढाए नाफा, २६ बैंकले ६ महिनामै कमाए ३३ अर्ब

प्रकाशित मिति :  १७ माघ २०७८, सोमबार १३:३९


काठमाडौं, ११ माघ। सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको खुद नाफामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरुले ३३ अर्ब ४६ करोड ७१ लाख ९४ हजार रुपैयाँ कमाएका छन् ।

यो अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा ७-७० प्रतिशतले बढी हो । यद्यपि, यसमा हिमालयन बैंकको भने जोडिएको छैन ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेर अन्तिम समयमा आएर मर्जर भाडिएको हिमालयनले वित्तीय विवरण सार्वजनिक गरेको छैन । अघिल्लो वर्षको ६ महिनामा भने यो बैंकले ६५ करोड ३२ लाख रुपैयाँ खुद मूनाफा आर्जन गरेको थियो ।

चालु आर्थ्र्िक वर्षको पुस मसान्तसम्म सबैभन्दा धेरै मूनाफा कमाउने बैंकमा ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा देखिएको छ । अघिल्लो वर्षको ६ महिनामा २ अर्ब ३१ करोड रुपैयाँ कमाएको यस बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ६६ करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ ।

मूनाफा धेरै कमाउने दोस्रो नम्बरमा एनआईसी एसिया बैंक देखिएको छ । व्यवसाय विस्तारमा निकै आक्रामक रुपमा प्रस्तुत हुने गरेको यस बैंकले नबिल र राष्ट्रिय वाणिज्य बैंकलाई समेत उछिनेको छ । गत वर्षको ६ महिनामा २ अर्ब ६ करोड रुपैयाँमात्रै कमाएको एन्आईशी एसिया बैंकले यस वर्षको दोस्रो त्रैमासमा २ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

यसैगरी नबिल बैंकले ६ महिनामा २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ९२ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा नबिलले २ अर्ब १ करोड रुपैयाँ र रावा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

धेरै नाफा कमाउने पाँचौ नम्बरमा भने एनएमबि बैंक देखिएको छ । एनएमबि बैंकले अघिल्लो वर्षको ६ महिनामा १ अर्ब ६१ करोड रुपैयाँ कमाएकोमा यस वर्षको पुस मसान्तसम्म १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

हेर्नुस् कुन बैंकले कति कमाए ?

बैंकको नाम       पुस २०७८ (रू.)पुस २०७७ (रू.)
ग्लोबल आईएमई२ अर्ब ६६ करोड२ अर्ब ३१ करोड
एनआईसी एशिया२ अर्ब ४० करोड२ अर्ब ६ करोड
नबिल२ अर्ब १८ करोड२ अर्ब १ करोड
राष्ट्रिय वाणिज्य१ अर्ब ९२ करोड१ अर्ब ७५ करोड
एनएमबि१ अर्ब ७१ करोड१ अर्ब ६१ करोड
प्राइम  कमर्सियल१ अर्ब ६८ करोड१ अर्ब ८१ करोड
नेपाल इन्भेष्टमेन्ट१ अर्ब ६२ करोड१ अर्ब ५८ करोड
सिद्धार्थ१ अर्ब ५८ करोेड९१ करोड ८७ लाख
कृषि विकास१ अर्ब ४२ करोड१ अर्ब ३२ करोड
नेपाल बैंक१ अर्ब ४१ करोड१ अर्ब ३५ करोड
मेगा१ अर्ब ४० करोड१ अर्ब ३० करोड
प्रभु१ अर्ब २६ करोड१ अर्ब ५१ करोड
सिटिजन्स१ अर्ब २४ करोड८७ करोड ५२ लाख
स्टाण्डर्ड चार्टर्ड१ अर्ब ९ करोड७२ करोड ७६ लाख
सानिमा१ अर्ब ८ करोड१ अर्ब ६ करोड
माछापुच्छ्र्रे१ अर्ब १ करोड८० करोड २७ लाख
कुमारी९५ करोड१ अर्ब २१ करोड
एनसीसी९० करोड६१ करोड ४० लाख
एभरेष्ट८३ करोड ८९ लाख९६ करोड १९ लाख
लक्ष्मी८१ करोड ७४ लाख८० करोड ७१ लाख
नेपाल बंगलादेश८१ करोड ११ लाख९४ करोड १२ लाख
नेपाल एसबीआई७८ करोड २८ लाख५१ करोड ४८ लाख
सनराइज७४ करोड ५५ लाख९४ करोड ९४ लाख
सेञ्चुरी७२ करोड २१ लाख४६ करोड ६५ लाख
बैंक अफ काठमाण्डू७१ करोड ९३ लाख७० करोड ८५ लाख
सिभिल५० करोड ४० लाख२० करोड २८ लाख
हिमालयन६५ करोड ३२ लाख
जम्मा    ३३ अर्ब ४६ करोड ७२ लाख           ३१ अर्ब ७ करोड ३२ लाख



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रबाट आगामी आर्थिक वर्ष ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । आगामी

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका विमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को १० महिना सकिँदा पूँजीगत खर्च भने बल्ल ३७ प्रतिशत पुगेको छ ।

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले