"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभामुख र दलका प्रमुख सचेतकबीचको छलफल निष्कर्षविहीन

प्रकाशित मिति :  ३० भाद्र २०८१, आईतवार १६:२६


काठमाडौँ – सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक तथा सचेतकसँगको छलफल कुनै निष्कर्षमा नपुगी सकिएको छ। आज आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि सभामुखले पाँच राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गरेका थिए।

भदौ १२ गतेको संसद् बैठकमा एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले १० बर्से सशस्त्र युद्धकलाई माओवादीको सशस्त्र हिंसा भन्ने अभिव्यक्ति दिएका थिए।

माओवादीले उक्त शब्द संसद्‌को रेकर्डबाटै नहटाउँदासम्म संसद् चल्न नदिने बताएको छ। सभामुखले यही भदौ २६ गतेको बैठकमा हिंसा शब्द अभिलेखबाट नहटाउने बताएपछि माओवादी सांसदले संसद्‌मा अवरोध गरेका थिए।

आजको छलफलमा पार्टी संसदीय दलको बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले ब्रिफिङ गर्ने बताएका छन्।

‘खाली शब्दमा मात्रै कुरा होइन। यो समग्र जनयुद्धको भावसँग यो सम्बन्धित छ। हाम्रो दलले अवरोधलाई जारी गर्ने निर्णय भएको हो,’ छलफलपछि पाण्डेले सञ्चारकर्मीसँग भने, ‘फेरि पनि संसदलाई व्यवस्थित बनाउनुपर्छ र चलाउनुपर्छ भन्ने यहाँ कुरा भएको छ। यहाँ भएको विषयवस्तुलाई म आफ्नो दलमा लगेर राख्दैछु।’

सोहीकारण आज १ बजे डाकिएको बैठक अझै पनि सुरु भएको छैन। अहिले माओवादीका सांसदहरू छलफलमा जुटेका छन्। छलफल सभामुखले सदन अवरोध नगर्न गरेको अनुरोध केन्द्रित रहेको बताइएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पछिल्ला वर्षहरुमा सूचना प्रविधि क्षेत्रले नेपालाई राम्रो लाम दिइरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । खासगरी विभिन्न प्रकारका सफ्टवेयरको विकासमा

तनहुँ- तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका विरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर विरामीको उपचार भइरहेको छ

काठमाडौँ – लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा

काठमाडौँ – बेलायतमा आयोजना भएको क्याम्ब्रियन गस्ती अस्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । ३७ देशका एक सय २१