"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कार्यसम्पादनमा तीव्रता दिन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति :  २७ भाद्र २०८१, बिहीबार १७:२२


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तीव्रताका साथ काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै उनले मन्त्रीहरुलाई उक्त निर्देशन दिएका हुन् । उनले मन्त्रीहरुलाई विश्राम गर्ने, अलमल गर्ने, ढिलो गर्ने छुट नरहेको बताए ।

‘हामी कामलाई तीव्रता दिनेछौं । हाम्रो एउटा कमजोरी के रहेको छ भने काम विस्तारै, विस्तारै गर्ने भन्ने ढंगको अभ्यास छ । त्यस्तो होइन । हामीसँग ढिलो गर्ने सुविधा पनि छैन, अलमल गर्ने सुविधा पनि छैन । विश्राम गर्ने सुविधा पनि छैन । हामीले अत्यन्तै तीव्र गतिले काम अघि बढाउनुपर्ने छ । हाम्रो गतिमा तीव्रता चाहिन्छ । काममा योजनाबद्धता चाहिन्छ । पारस्परिक एक अर्कामा साथ र सहयोग चाहिन्छ,’ प्रधानमन्त्रीको निर्देशन थियो ।

उनले अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ अघि बढ्नुपर्नेमा पनि जोड दिएका थिए । मन्त्रालयबीच एक अर्कालाई सहयोग गर्ने भावना हुन जरुरी रहेको भन्दै प्रधानमन्त्री ओलीले एउटा र अर्को मन्त्रालय बीचको कोर्डिनेसन गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आ-आफ्नो मन्त्रालयका समस्या पहिचान गरी समाधान गर्न पनि निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको बताएका छन् ।

काठमाडौं – नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ‘ग्रे लिस्ट’ बाट हटाउने सम्बन्धमा सरोकारवाला मन्त्रालयहरूले कार्ययोजना बनाउनुपर्ने भएको छ । सोमबार बसेको

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधहरू माफ गर्न

काठमाडों – नयाँ वर्ष सुरु नहुँदै कांग्रेस र एमालेबीच सतहमा देखिन थालेको मनोमालिन्य समाधान गर्न उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक