"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कृषि अनुदान दुरूपयोग गर्नेहरूको नाम सार्वजनिक गर्छौं : मन्त्री अधिकारी

प्रकाशित मिति :  25 August, 2024 5:59 pm


काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि अनुदान दुरूपयोग गर्नेहरूको नाम सार्वजनिक गर्ने बताएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले कृषि अनुदानको व्यापक दुरुपयोग भएको गुनासो आएकाले तत्काल मन्त्रालयले अनुदान लैजानेहरूको नाम सार्वजनिक गर्ने बताए।

‘अनुदान कुम्ल्याउने तर जरो किलो पनि नहुनेलाई कानुनको दायरामा ल्याइनेछ,’ मन्त्री अधिकारीले भने, ‘कतिपय अनुदानग्राहीले प्राविधिक सेवा नपाएर उत्पादनमा ह्रास आउने र कृषि पेसा टिकाउन नसक्नेका लागि मन्त्रालयले प्राविधिक सेवालाई तीनै तहबाट विस्तार गर्नेछ, राम्रो गर्नेलाई थप प्रोत्साहन गरिने छ।’

मन्त्री अधिकारीले किसानको वर्गीकरण गरेर किसान कार्ड वितरण छिट्टै गरिने पनि बताए। ‘किसानलाई प्रोत्साहन गर्न अनुदानलाई किसान सूचीकरणसँग जोडी प्रभावकारी बनाउँछौं,’ उनले भने।

उनले विषादीमुक्त उत्पादन गर्न किसानलाई थप सहुलियत दिने गरी कृषि नीतिसहित अन्य कानुनहरू संशोधनका लागि गृहकार्य अघि बढाएको पनि बताए। ‘कृषि क्षेत्रका सेवा सुविधा तथा सहुलियतलाई डिजिटलाइजेसन गरी पारदर्शी बनाइनेछ,’ उनले भने।

फरक प्रसंगमा मन्त्री अधिकारीले दुग्ध किसानले पाउनु पर्ने बक्यौता रकम उपलब्ध गराउन थालिएको बताए। ‘अहिलेसम्म ३३ करोड ५७ लाख भुक्तानी भइसकेको छ। बाँकी १ अर्ब २७ करोड ४३ रकम पनि छिट्टै सबै किसानको हात हातमा पुर्‍याइनेछ,’ उनले भने, ‘उखु किसानहरूको बारेमा पनि मन्त्रालय जानकार छ। दशैंअघि नै रकम उपलब्ध गराउन मन्त्रालयले गृहकार्य थालेको छ। एक अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी छ।’

मन्त्री अधिकारीले देशको ३०.९१ लाख हेक्टर जमिनमा मात्र खेती भएको र १०.३० लाख हेक्टर खेती योग्य जमिन अहिले पनि बाँझो रहेको जानकारी दिए।  उनले कोदो, फापर, गहत, चिनो, कागुनो जस्ता रैथाने उत्पादन एवं मही, पनिर जस्ता दुग्धजन्य उत्पादनलाई मन्त्रालयले प्रोत्साहन गर्ने नीति बनाएको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन