"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्वास्थ्यमन्त्री पौडेलले सार्वजनिक गरेका दीर्घकालीन योजनामा के छन् ? [पूर्णपाठ]

प्रकाशित मिति :  11 August, 2024 6:40 pm


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक गरेका हुन् । मन्त्री पौडेलले स्वास्थ्य बीमा र स्नायु रोगको उपचार केन्द्र स्थापनाबाहेक अन्य पुरानै योजना अघि सारेका छन् । 

मन्त्रीले पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा १ लाखबाट ५ लाख बढाउने प्रस्ताव गरेका छन् भने राजधानीमा सुविधा सम्पन्न स्नायु रोग उपचार केन्द्र यथाशीघ्र स्थापना गरिने बताएका छन् । आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रमलाई  एकीकृत गरेर बिमामा जोड्ने योजना मन्त्री पौडेलले अघि सारेका छन् ।

उनले १६ औँ योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर दीर्घाकालीन योजना ल्याइएको बताएका छन् । जुन पुरानै योजना हुन् ।  पौडेलले सातै प्रदेशमा मानवअंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने, औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने बताएका छन् । 

त्यस्तै, प्रदेश तथा सङ्घ अन्तर्गतका अस्पतालमा जलन उपचार निःशुल्क हुने, वार्षिक रूपमा एक पटक खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका योजना उनले अघि सारेका छन् । यी योजना कार्यान्वयन गर्नका लागि स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग सुझाव सङ्कलन गरिएको मन्त्री पौडेलले बताए ।

उनले योजना कार्यान्वयनका लागि पूर्व स्वास्थ्य मन्त्री, पूर्व स्वास्थ्य सचिव, पूर्व महानिर्देशक, पूर्व महाशाखा प्रमुख, स्वास्थ्य क्षेत्रका सरोकारवाला सङ्घ, संस्था र नियकाहरुका प्रतिनिधि, बहालवाला कर्मचारी, अस्पतालका निर्देशक, सञ्चारकर्मी र निजी क्षेत्र तथा विकास साझेदारसहित स्वास्थ्य क्षेत्रका विज्ञसँग सुझाव लिइएको बताए । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा