"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पद्मश्री पुरस्कारका लागि ५ पुस्तकको सूची सार्वजनिक

प्रकाशित मिति :  १६ श्रावण २०८१, बुधबार ११:३७


काठमाडौं । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरेको छ ।

प्रतिष्ठानले कृष्ण गौतमको अद्वैत, सानु शर्माको अर्को देशमा, रोशन शेरचनको गल्ली संसार, कुमार नगरकोटीको जोगियाना र गोविन्दप्रसाद कुसुमको भृकुटीलाई उत्कृष्ट पुस्तकको सूचीमा राखेको हो ।

यसअघि चयन प्रक्रियाको पहिलो चरणमा असार १५ गते १५ पुस्तकको विस्तारित सूची सार्वजनिक भएको थियो । यही १५ पुस्तकमध्येबाट पाँच पुस्तकको सूची सार्वजनिक गरिएको हो । यसमध्ये एक पुस्तकले २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को आठौँ संस्करण यही चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ।

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गरेकी

काठमाडौं – मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का लागि सर्जकहरूसँग आवेदन माग गरेको छ । बिहीबार एक सुचना जारी गर्दै

काठमाडौँ – प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ। शनिबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा