"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : जनतामा छाएको निराशा चिर्ने गरी काम गर्नु

प्रकाशित मिति :  १५ श्रावण २०८१, मंगलवार १५:०४


प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिँदै । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारलाई असफल हुने छुट नै नभएको बताएका छन्। आज मंगलबार सिंहदरबारमा विभिन्न मन्त्रालयका सचिवहरूलाई बोलाएर मुलुककको गम्भीर परिस्थितिबीच पहिलो र दोस्रो ठूलो दलसहितको सरकार बनेको भन्दै उनले जनतामा छाएको निराशा चिर्ने गरी काम गर्न भनेका हुन्।

ओलीले सरकारको स्थायित्वमा शंका नगर्न भन्दै आफूले सहमति बमोजिम दुई वर्ष पुग्ने एक साताअघि राजीनामा दिने त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेर स्थिरताको सन्देश दिने ‍बताए।

‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन,’ उनले भने, ‘स्थिरतासहित नै सन्देश दिनु छ। त्यसैले म प्रधानमन्त्री भएको दुई वर्ष पुग्न एक साताअघि राजीनामा दिन्छु। सरकारको नेतृत्व हस्तान्तरण गर्छु।’

उनले सफलताको संकेत यही आर्थिक वर्षमा देखिनुपर्ने पनि बताएका छन्।  ‘असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर बसेर आरामले बसेर चाहीँ सफल हुँदैन । भाग्यमा छ भन्दैमा डोकोमा दूध दोएर अडिँदैन । हामीले सफलताको संकेत यस आर्थिक वर्षमा दिनुपर्छ,’ उनले भने, ‘अर्को आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ। यो सरकार एक्सन ओरिएन्टेड सरकार हो । देशका लागि केही गरौं भन्ने अठोट भएको सरकार हो यो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । विना आग्रह मूल्यांकन गरेर निर्णयमा जान्छ।’

उनले सरकार केही ढलपल नहुने भन्दै कर्मचारीलाई ढुक्कले काम गर्न पनि निर्देशन दिए।  उक्त छलफलमा मन्त्रीहरू र केही विशिष्ट अधिकारीहरू पनि सहभागी थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज

काठमाडौँ – सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलबार राष्ट्रिय सभामा दर्ता गराएको

काठमाडौं – प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटा उजुरी परेका छन्। सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकारको कामहरू सकारात्मक भए पनि पर्याप्त नभएको बताएका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री