"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

१२ वर्षपछि पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचारी ठहर

प्रकाशित मिति :  28 July, 2024 8:02 pm


काठमाडौँ-  सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको १२ वर्षपछि पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचारी ठहर भएका छन्। अदालतले उनीविरुद्ध ९ महिना कैद सजाय पनि सुनाएको हो। यसअघि उनलाई विशेष अदालतले दोषी ठहर गरेको थियो।

आज आइतबार सर्वोच्चका न्यायाधीशद्वय न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उच्चकै आदेशलाई सदर गरेको हो।  अदालतले उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैदको सजाय सुनाइएको छ। कांग्रेसका पूर्वसहमहामन्त्रीसमेत रहेका जोशीको मुद्दा यही ‍इजलासले ‘हेर्दाहेर्दै’मा राखेको थियो। यसअघि  जेठ १ गते, ८ गते र १३ गते पनि सर्वोच्चमा सुनुवाइ भएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  जोशी र उनका परिवारका सदस्यविरुद्ध भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा २०६० पुस १८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनले २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ भ्रष्टाचार गरी कमाएको ठहर गरी डेढ वर्ष कैद सजाय हुने फैसला विशेषबाट भएको थियो।  विशेषको फैसलाविरुद्धको मुद्दा २०६९ फागुन ६ मा सर्वोच्च पुगेको थियो। जोशी र अख्तियार दुवै पक्षले सर्वोच्चमा पुनरावेदन गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन