"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

प्रकाशित मिति :  8 July, 2024 7:41 pm


काठमाडौँ । लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार प्रमाणीकरण गरिएको हो। राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको थियो। यो ऐनले लगानीको वातावरण बढाउने सरकारको अपेक्षा छ। सात ऐनका विभिन्न व्यवस्थामाथि यो ऐनबाट संशोधन गरिएको छ।

सरकारले तेस्रो लगानी सम्मेलनालाई केन्द्रित गरेर लगानीसम्बन्धी कानुनहरू संशोधन प्रक्रिया अघि बढाएको थियो। गत वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्न अघि सरकारले अध्याधेशबाट विधेयक अघि बढाएको हो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको

काठमाडौं – सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ

ललितपुर- प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला वर्षहरूमा भ्रष्टाचार अन्त्य चुनौतीका रूपमा देखा परेको बताएकी छन्। ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा मानवअधिकारको विश्वव्यापी