"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

केएर स्टार्मर बेलायतका प्रधानमन्त्री नियुक्त

प्रकाशित मिति :  २२ असार २०८१, शुक्रबार २०:०७


बिबिसी ।  लेबर पार्टीका नेता केएर स्टार्मर बेलायतको प्रधानमन्त्री बनेका छन्।  भारी बहुमत प्राप्त गरेको लेबर पार्टीका नेता स्टार्मर बुधबार प्रधानमन्त्री नियुक्त भएको बिबिसीले जनाएको छ। १४ वर्ष सत्तामा रहेको कन्जर्भेटिभ पार्टीलाई पराजित गर्दै लेबरले भारी बहुमत प्राप्त गरेको छ। 

लेबरले ४१२ सिट जित्दा तत्कालीन प्रधानमन्त्री ऋषी सुनकको कन्जर्भेटिभ पार्टीले जम्मा १२१ सिट जितेको हो। त्यहाँ सरकार बनाउन ३२५ सिट जित्न पर्छ। बेलायतको ‘हाउस अफ कमन्स’ (संसद) मा ६५० जना सांसदहरू हुन्छन्।

नयाँ प्रधानमन्त्री केएर स्टर्मर १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री निवासमा सरिसकेका छन्। सुनकले आम निर्वाचनमा पराजित हुनुमा आफ्नो कमजोरी रहेको स्वीकार्दै राजीनामा दिन बकिङहम प्यालेसमा पुगेका थिए। 

त्यस्तै स्टार्मरलाई पनि नयाँ सरकार बनाउन प्यालेसमा बोलाइएको थियो। स्टार्मर प्रधानमन्त्री नियुक्त भएसँगै १० डाउनिङ स्ट्रिटमा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको भारतीय जनता पार्टी २७ वर्षपछि राजधानी दिल्लीमा राज गर्न पाउने भएको छ । दिल्ली

एजेन्सी – इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक बनाइएकाहरूको रिहाइका लागि सम्झौता भएको छ। इजरायल र हमासबीचको यो सम्झौता

काठमाडौँ- सन् २०२४ को अन्त्य हुँदै गर्दा विश्वले नयाँ वर्षलाई स्वागत गर्न तयारी गरिरहेको छ। यो वर्षलाई आकार दिने महत्त्वपूर्ण घटना

एजेन्सी – अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ। जर्जियाको प्लेन्सस्थित आफ्नै घरमा पूर्वराष्ट्रपति कार्टरको आइतबार १०० वर्षको उमेरमा निधन