"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बेलायतमा लेबर पार्टीलाई बहुमत, किअर स्टार्मर प्रधानमन्त्री बन्दै

प्रकाशित मिति :  २२ असार २०८१, शुक्रबार १०:३६


एजेन्सी/ वीवीसी । बेलायतमा झन्डै १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्कने भएको छ । बिहीबार भएको आम चुनावको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म घोषित परिणामअनुसार लेबर पार्टीले बहुमत ल्याइसकेको छ ।

बिहीबार भएको निर्वाचनबाट बेलायती संसद् हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ६५० सांसद निर्वाचित हुनेछन् । सरकार बनाउनका लागि ३२६ सिट आवश्यक पर्छ । अहिलेसम्म लेबर पार्टीले ३५८ सिट जितिसकेको छ । त्यस्तै प्रधानमन्त्री ऋषि सुनकको दल कन्जरभेटिभ पार्टी भने ७६ सिटमा मात्र विजयी भएको छ । त्यस्तै लिबरल डेमोक्रेटिक पार्टी ४८ सिटमा विजयी भएको छ ।

बीबीसीले लेबर पार्टीले ४०५ सिट जित्ने प्रक्षेपण गरेको छ । त्यस्तै कन्जरभेटिभ पार्टीले १५४ र लिबरल डेमोक्रेटिक पार्टीलाई ५६ सिट प्राप्त हुने अनुमान गरिएको छ । मत सर्वेक्षणहरूले २०१० देखि सत्ता सम्हालिरहेको कन्जरभेटिभ दलले नराम्रो पराजय भोग्ने देखाएका थिए । मतदाताहरूले १४ वर्षमा पहिलो पटक लेबर पार्टीलाई सत्तामा फर्काउने अपेक्षा गरिएको थियो।

सोही अपेक्षाअनुसारको चुनावी परिणाम देखिएको छ । सन् २०२२ अक्टोबरदेखि प्रधानमन्त्री रहेका कन्जरभेटिभ नेता ऋषि सुनकले आफ्नो पार्टीलाई चुनावमा अगुवाइ गरे पनि नराम्रो पराजय भोग्नुपरेको छ । प्रधानमन्त्री सुनक भने रिचमन्ड र नर्थालर्टन सिटबाट विजयी भएका छन् ।

लेबर सरकारको पहिलो प्राथमिकता आर्थिक रूपमा देश र जनतालाई सबल र सक्षम बनाउनु अनि आर्थिक स्थिरता प्रदान गर्नु छ । त्यस्तै, नेसनल हेल्थ सर्भिस (एनएचएस) मा बढ्दै गरेको बिरामीको चाप घटाउन पालो कुर्ने समय (वेटिङ टाइम) घटाउनु, बोर्डर सुरक्षा कमान्ड वा दस्ता बनाउनु प्रमुख प्राथमिकता हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा एक सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले आइतबार साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको

काठमाडौँ- भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ। उनी केही समयदेखि अस्वस्थ थिए। ७२ वर्षीय येचुरीको दिल्लीस्थित

काठमाडौं – थाइल्याण्डको संसद्ले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । गठबन्धनमा रहेका अन्य १० दलमध्ये