"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उखु उत्पादन घटेपछि चिनी उद्योग बन्द

प्रकाशित मिति :  ६ चैत्र २०७८, आईतवार १३:२५


रौतहट  यस वर्ष रौतहटमा उखु उत्पादन आधा नै घटेको छ । उखुको रकम भुक्तानीमा ढिलाइ र चिनी मिल नै बन्द भएपछि यहाँका किसानले उखुखेती छोडेपछि उत्पादन घटेको हो ।
रौतहटको मध्यभागमा रहेको श्रीराम सुगर मिल्स गत वर्षदेखि बन्द छ । अर्को कटहरिया नगरपालिकामा रहेको बाबा बैजुनाथ चिनी मिल भने गत वर्षदेखि नै सञ्चालनमा छ तर उखु उत्पादन घटेका कारण मिलको लक्ष्य पूरा हुन सकेको छैन ।

२० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको बैजुनाथ चिनी मिलले यस वर्ष छ लाख क्विन्टलको हाराहारीमा क्रसिङ गरेको मिलका सञ्चालक बैजुबाबराले बताउनुभयो । उखु अभावका कारण मिल सिजन अवधिभर नचलेपछि लक्ष्य पूरा हुन नसक्दा घाटा बेहोर्नुपरेको उहाँको गुनासो छ ।

जिल्लामा बर्सेनि ११/१२ हजार बिघामा उखु उत्पादन हुँदै आएको जानकारी दिनुहुँदै उखु उत्पादक सङ्घ रौतहटका सचिव सफिन्द्र यादवले यस वर्ष पाँच/छ हजार बिघामा मात्र उखुखेती भएको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “विगतका वर्षको तुलनामा यस वर्ष आधा नै घटेको छ तर बैजुनाथ चिनी मिलको प्रभावकारी भुक्तानी पक्ष एवं उखु उत्पादनतर्फ किसानलाई अग्रसर गराउन गरेको गतिविधिले भने आउँदो वर्षमा उत्पादन बढ्ने पक्का छ । ”

गरुडास्थित श्रीराम सुगर मिल्सले किसानको ३८ करोड रुपियाँ बक्यौता रकममध्ये ३५ करोड रुपियाँ मात्रै भुक्तानी गरेको छ । मिल बन्द भएपछि हाल मिलको प्रशासनिक सेवासमेत बन्द भएकाले किसानले बाँकी तीन करोड रुपियाँ भुक्तानी पाउन नसकेको उखु उत्पादक सङ्घ रौतहटका अध्यक्ष अशोक यादवले जानकारी दिनुभयो ।उहाँका अनुसार मिल पुनः सञ्चालनमा आउने सम्भावना बढेको र किसानका बक्यौता रकमसमेत पूर्णरूपमा चुक्ता हुने विश्वास छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रबाट आगामी आर्थिक वर्ष ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । आगामी

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका विमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को १० महिना सकिँदा पूँजीगत खर्च भने बल्ल ३७ प्रतिशत पुगेको छ ।

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले