"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक जारी

प्रकाशित मिति :  १२ असार २०८१, मंगलवार १२:००


काठमाडौं । नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बिहान साढे १० बजेदेखि सुरु भएको छ । काठमाडौंको एक होटेलमा भएको बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । 

बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहयोग आदान–प्रदानबारे छलफल हुने बताइएको छ ।

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्रसचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गरेकी छिन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित छन् । त्यस्तै, चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपविदेशमन्त्री सुन बेइदाेङले गरेका छन् । 

बैठकका सहभागी हुन जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आइतबार बिहान यहाँ आइपुगेका थिए । भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग  शिष्टाचार भेटवार्ता गरेका छन् । उपविदेशमन्त्री सुन भ्रमण सम्पन्न गरी भोलि असार १२ गते काठमाडौंबाट प्रस्थान गर्नेछन् । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा एक सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौँ – नेकपा माओवादी केन्द्रले आउँदो कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने भएको छ। सरकारका गलत कदमको विरोध र गर्नुपर्ने

काठमाडौँ – प्रतिपक्षी दलहरूले सरकारलाई दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन चेतावनी दिएको छ। सरकारले अध्यादेश ल्याउने तयारी गरिरहेको आशंका भइरहेका बेला विपक्षी

काठमाडौँ- अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने तयारी नभएको स्पष्टीकरण दिएका छन्। सरकारले