"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सचिवालयका कर्मचारीको ‘ब्ल्याक आउट’ले प्रतिनिधि सभाको बैठक स्थगित

प्रकाशित मिति :  ६ असार २०८१, बुधबार १९:०२


काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित भएको छ । संघीय संसद्का कर्मचारीले आन्दोलन गरी प्रतिनिधिसभाको बैठकको कामकारबाहीलाई अवरोध गरेपछि स्थगित भएको हो ।

मन्त्रालयगत विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जवाफ दिएका थिए । त्यसपछि सांसदहरूले पूरक प्रश्न सोध्ने क्रम सुरु भएको थियो । पूरक प्रश्न सोधिरहेको बेला संसद्का कर्मचारीले आन्दोलन गरी सदनको प्रत्यक्ष प्रशारण गर्ने क्यामेरा सभामुख देवराज घिमिरेतिर मात्रै सोझ्याएका थिए । प्रश्न सोध्ने सांसदहरूलाई भने प्रत्यक्ष प्रशारणमा देखाइएको थिएन ।

लामो समय सभामुख घिमिरेलाई मात्रै प्रत्यक्ष प्रशारणमा देखाएपछि सांसदहरूले प्रश्न गरेका थिए । कांग्रेस सांसद रामहरि खतिवडाले कर्मचारीले ‘ब्ल्याक आउट’ गरेको अवस्थामा सदनको कारबाही अगाडि बढाउन नहुने बताएका थिए ।

सभामुख घिमिरेले सांसदका पूरक प्रश्न नसकिँदै र मन्त्री यादवले जवाफ दिन नपाउँदै संसद्को बैठक स्थगित गरिदिएका हुन् । सभामुखले बिहीबार ११ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक स्थित भएको जानकारी गराएका थिए ।

संघीय संसद्का कर्मचारीहरूले पछिल्लो समय तलब बृद्धि, आवास भत्ता, कार्यालय समयभन्दा बढी काम गरेको भत्तालगायतको माग गर्दै आएका छन् । सांसदहरूले भत्ता पाउने तर कर्मचारीले नपाउने भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा मन्त्रालयगत विनियोजनमाथि उठेका प्रश्नको ८ मन्त्रीले जवाफ दिने कार्यसूची थियो । तर कर्मचारीको आन्दोलने एउटा मन्त्रीले पनि जवाफ दिन सकेनन् ।

स्वास्थ्य, वन,शिक्षा, श्रम, सहरि विकास, रक्षा, खानेपानी र महिला मन्त्रीले मन्त्रालयगत विनियोजनमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका नौ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना

काठमाडौँ – प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखि

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा आफ्ना धारणा राखेका छन्। बैठकको शून्य समयमा सांसद विना लामाले सदन सञ्चालनमा मुख्य

काठमाडौँ – गणतन्त्र दिवस २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। प्रधानमन्त्री तथा