"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अनुमति विना एनजिओको सहयोग नलिन संसदीय समितिलाई निर्देशन

प्रकाशित मिति :  ५ असार २०८१, मंगलवार १७:३४


काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गैरसरकारी संस्था एनजिओ र आइएनजिओहरूले संघीय संसद अन्तर्गतका समिति तथा सचिवालयलाई सहयोग गरेको विषयमा सर्तकता अपनाउन सबै समितिका सचिवहरूलाई ध्यानाकर्षण गराएका छन्। 

महासचिव पद्मप्रसाद पाण्डेयले सबै समितिका सचिवहरूलाई पत्र पठाएर एनजिओ र आइएनजिओको सन्दर्भमा आउने गुनासाबारे सतर्क रहन भनेका  हुन्। पत्रमा सांसदहरूको संलग्नता, एनजिओ र आइएनजिओले कार्यक्रम गर्दा कानुन निर्माण एवं निर्णय प्रक्रियामा समेत प्रभाव पारेको गुनासा सुनिने गरेको उल्लेख छ। 

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा असार २ गते गैरसरकारी संस्था नेसनल फोरम अफ पार्लियमेन्टेरियन अन पपुलेससन एण्ड डेभलपमेन्ट (एनएफपिपिडी) अभियानले खाजाको व्यवस्था गरेको थियो।

उक्त घटनापछि समितिमा रहेका सांसदहरूले सभापति रामहरि खतिवडालाई बैठक रोक्न दबाब दिएका थिए। त्यस्तै, गृहमन्त्री रवि लामिछानेले बैठक हल छाडेर हिँडेका थिए।

samsadpatra-1718703838.jpg



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रियसभाको आइतबारको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक

काठमाडौँ – प्रतिनिधिसभाको आइतबारको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएको छ । बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८१ लाई संशोधन

काठमाडौँ – स्वर्गद्वारी गुठी किसानहरूको वास्तविक पहिचानका आधारमा समस्या समाधानका लागि आवश्यक कानुनी व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको

काठमाडौँ-  नेसपा (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन् । पहिलो महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार नेत्र चापागाईंलाई पराजित