"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इनार सफा गर्दै गर्दा कसैले मर्नु नपरोस् : महामन्त्री शर्मा

प्रकाशित मिति :  ५ असार २०८१, मंगलवार १२:४१


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले इनार सफा गर्ने क्रममा कामदारको मृत्यु भइरहेको विषय मंगलबारको प्रतिनिधि सभा बैठकमा उठाएका छन्। कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले सोमबार सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको प्रसंग निकाल्दै अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई योगदानमा आधारिक सामाजिक सुरक्षा ऐनमा समेट्न सरकारलाई आग्रहसमेत गरेका छन्।

‘वीरेन्द्रनगरमा इनार सफा गर्दै गर्दा ३२ वर्षका विद्याप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेल बेहोस भए, उपचारका लागि अस्पताल लगियो, सोमबार अपराह्न  मृत्यु भयो,’ उनले भने। संघीय संसद भवनकै एक किमी दूरीमा केही समयअघि भोजपुर घर भएका गोपाल महतको पनि इनार सफा गर्ने क्रममा बेहोस भई उपचारका क्रममा मृत्यु भएको घटना शर्माले सुनाएका थिए।

‘यो प्रकृतिका घटना हुँदै जान्छन्, भित्री पृष्ठमा सामान्य समाचार आउँछ। हामी पढ्छौं, बिर्सन्छौं,’ उनले भने। शर्माले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा समेट्ने भन्ने व्यवस्थामा सरकारले गम्भीर पहल गर्नुपर्ने पनि बताएका छन्।

‘इनार सफा गर्दै गर्दा बेहोस भई मृत्यु भएका श्रमिकको बिमा छ? छैन,’ उनले भने, ‘राहत दिने व्यवस्था छ? त्यो पनि छैन।  इनार सफा गर्दैगर्दा कसैले मर्नु नपरोस्,’ उनले भने।

भिडियो हेर्नुहोस् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सांसदहरूले दलित समुदायमाथि भइरहेका हत्या, हिंसा र विभेदका घटनामा दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बिहीबारको

काठमाडौँ – प्रतिनिधिको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची छ। बिहान ११ बजे बस्ने बोलाइएको बैठकमा सांसदहरूले

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले २५ करोड बराबरको अवैध विदेशी मुद्रा बरामदका घटनामा विशेष छानविन गर्न माग गरेको छ।

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘गुठी संस्थान ऐन, २०३३’ संशोधन गरेरै भए पनि ‘स्वर्गद्वारी गुठीपीडित