"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल

प्रकाशित मिति :  २९ जेष्ठ २०८१, मंगलवार १३:०९


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा मंगलबारदेखि विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल सुरु भएको छ। पहिलो दिन युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची छ।

बजेटका विषयमा छलफल सुरु भए पनि प्रतिनिधिसभाका अधिकांश कुर्सी रित्ता छन्। सांसदहरूको उपस्थिति पातलो भएकाले कुर्सी खाली देखिएका हुन्। अधिकांश सा‌ंसदहरू हाजिर गर्दै बाहिरिँदै गरेको संसद् सचिवालयका कर्मचारीहरूले बताए।

संसद्‌मा आइतबारदेखि नै विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि छलफल हुने भनिए पनि सरकारले सांसदहरूलाई बजेट पुस्तिका उपलब्ध नगराएको भन्दै आइतबार र सोमबारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कांग्रेस, एमाले र माओवादीको साथ पाएपछि सभामुख देवराज घिमिरेले शुक्रबारको प्रतिनिधिसभा बैठक जबरजस्ती रूपमा सञ्चालन गरेका छन्। भिजिट भिसा

काठमाडौँ – विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरेपछि बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले आजको बैठक सुरु

काठमाडाैँ – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले

काठमाडौँ – संवैधानिक निकाय तथा आयोगहरुमा गरिएको ५२ जना पदाधिकारी नियुक्तविरुद्ध परेको रिटको निर्णय आज सुनाइने भएको छ। साढे ४ वर्षअघि