"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फ्रान्समा संसद भंग गरेर आकस्मिक चुनाव घोषणा

प्रकाशित मिति :  २८ जेष्ठ २०८१, सोमबार ११:३१


काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले संसद भंग गर्दै आम निर्वाचन घोषणा गरेका छन् । राष्ट्रपति म्याक्रोले यही जुन महिनाको अन्तिममा चुनाव गराउने जनाएका छन् । मतदान दुई चरणमा हुने छ । पहिलो चरण ३० जुनमा र दोस्रो चरण ७ जुलाईमा मतदान हुनेछ ।

सर्वेक्षण अनुसार राष्ट्रपति म्याक्रोका प्रतिद्वन्द्वी मरीन ले पेन नेतृत्वको नेशनल रेली पार्टीले ३२ प्रतिशत मत ल्याउने अनुमान छ । राष्ट्रपति म्याक्रोको पार्टी रेनेसाले भने १३ प्रतिशत मत मात्रै पाउने सर्वेक्षण छ ।

ले पेन यसअघि दुई पटकसम्म म्याक्रोसँग प्रतिस्पर्धा गरे पनि पराजित भएकी थिइन् । संसदीय चुनावको मिति घोषणा हुनासाथ तत्काल प्रतिक्रिया सार्वजनिक गर्दै उनले आफ्नो पार्टी सत्तामा आउन तयार रहेको बताएकी छन् ।

युरोपेली युनियनमा फ्रान्सको भोटिङ सकिनासाथ र मत सर्वेक्षणको नतिजा सार्वजनिक हुनासाथ राष्ट्रपति म्याक्रोले टेलिभिजन सम्बोधन मार्फत् संसदीय चुनावको मिति घोषणा गरेका हुन् । युरोपेली संघको चुनावमा ले पेन नेतृत्वको अति दक्षिणपन्थी दल भनेर चिनिने नेशनल रेलीले म्याक्रोको मध्यमार्गी गठबन्धनलाई परास्त गरेको थियो ।

आफ्नो दोस्रो कार्यकाल पूरा हुन दुई वर्ष बाँकी छँदै राष्ट्रपति म्याक्रोले अप्रत्यासित रुपमा चुनावको मिति घोषणा गरेको बीबीसीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । विभागले

काठमाडौँ – सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चारजनाविरुद्ध मुद्दा दायर गरिएको छ।

झापा – नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते

काठमाडौँ – राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध पाँच करोड ७९ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर