"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय अनुसन्धान अधिकृतको बढुवामा नक्कली सर्टिफिकेट पेस गरेको भन्दै मुद्दा दायर

प्रकाशित मिति :  २७ जेष्ठ २०८१, आईतवार १६:३१


काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा अधिकृत बढुवा नियुक्ति लिएको आरोपमा अदालतमा मुद्दा दायर भएको छ।  अख्‍तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत उपअनुसन्धान निर्देशक हेमन्त चौधरीविरूद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो।

अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाको लागि नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको भन्दै उजुरी परेको थियो।  त्यसमा अनुसन्धान गर्दा चौधरीले मगध विश्वविद्यालय बोधगया भारतबाट स्नातक तह बिए उतीर्ण गरेको भनेर नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको पाइएको प्रवक्ता घिमिरेले बताए। 

प्रमाणपत्र पेस गरी विभागमा अनुसन्धान अधिकृतको बढुवा नियुक्ति लिएर माथिल्ला विभिन्न पदका लागि सोही प्रमाणपत्र पेस गरेको देखिएको अख्तियारले जनाएको छ। 

चौधरीले उपअनुसन्धान निर्देशकको पदमा रहेर ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको अख्तियारको दाबी छ। अख्तियारले चौधरीले नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम कसुर गरेको मुद्दामा उल्लेख गरेको छ।

झुट्टा विवरण दिनेलाई ५ महिनादेखि एक वर्षसम्म कैद र १० हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रतिनिधिसभाको आइतबारको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएको छ । बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८१ लाई संशोधन

काठमाडौँ– संसदीय व्यवस्थामा प्रधानमन्त्री को प्रति जिम्मेवारी हुनुपर्छ, सामान्य जबाफ हो संसद्प्रति। संसद्बाट निर्वाचित भएपछि प्रधानमन्त्री संसद्मा उठेका हरेक प्रश्नको जबाफ

स्याङ्जा – देशैभरिका गाउँपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका उत्कृष्ट बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन

काठमाडौँ – सत्तारुढ कांग्रेस–एमाले उच्चस्तरीय संयन्त्रको बैठकमा संसद्‌मा पेस गर्ने अध्यादेश, सरकारका कामकारबाहीलगायत विषयमा छलफल भएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा