"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालको प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ डलर, आर्थिक वृद्धिदर ३.९ प्रतिशत

प्रकाशित मिति :  १५ जेष्ठ २०८१, मंगलवार १६:५६


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुगेको बताएका छन् । संघीय संसद्मा बजेट पेश गर्दै उनले प्रतिव्यक्ति आयको तथ्यांक पेश गरेका हुन् ।

संघीय संसद्को संयुक्त बैठकमा उनले नयाँ वर्षका लागि नयाँ कार्यक्रमहरूको घोषणा गरेका हुन् । सरकारले आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरेको छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरेका हुन्।

अर्थमन्त्री पुनले आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरिएको बताए। अर्थमन्त्री पुनले शिथिल रहेको मुलुकको अर्थतन्त्र सरकारको प्रयासमा चलायमान हुँदै गएको दाबी गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था ल्याएको छ भने केही पुराना व्यवस्थालाई

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले समर्थन र स्वागत पाएको उल्लेख गर्दै अब गतिकासाथ काम

काठमाडौँ – राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार

काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छन् ।  मन्त्रालयस्थित मन्त्री डा राणाको