"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

प्रकाशित मिति :  ११ जेष्ठ २०८१, शुक्रबार ११:५३


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। शीतल निवासमा शुक्रबार बिहान भएको भेटवार्तामा सदनको गतिरोध हटाउने विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए। प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ। सहकारीको बचत हिनामिना छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलले पनि गृहकारी गरिरहेको छ।

कार्यदलको बैठक पनि अहिले बिहान बस्दैछ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति नबनाइ सदनको कामकारबाही अघि बढ्न नदिने बताएको छ। आजै सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूचीसमेत रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कांग्रेस, एमाले र माओवादीको साथ पाएपछि सभामुख देवराज घिमिरेले शुक्रबारको प्रतिनिधिसभा बैठक जबरजस्ती रूपमा सञ्चालन गरेका छन्। भिजिट भिसा

काठमाडौँ – सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । काठमाडौं महानरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय

काठमाडौँ – विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरेपछि बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले आजको बैठक सुरु

काठमाडाैँ – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले