"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रेस स्वतन्त्रतासँग नागरिकताको सम्बन्ध छैन : ओली

प्रकाशित मिति :  १० जेष्ठ २०८१, बिहीबार १९:५९


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता र प्रेस स्वतन्त्रता अलग विषय भएको बताएका छन् । बिहीबार मोरङमा पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले नागरिकता छानबिन गर्दा प्रेस स्वतन्त्रता हनन नहुने बताएका हुन् ।

कान्तिपुर दैनिकका प्रकाशक कैलाश सिरोहिया पक्राउबारे पत्रकारहरूको प्रश्नमा उनले भने, ‘तपाईंरूलाई कस्तो लाग्छ । तपाईंले नक्कली नागरिकता बनाउनु भयो, भएन बेग्लै कुरा होला । तर त्यसबारे छानबिन गर्दा कसरी प्रेस स्वतन्त्रता हनन भयो ? कहाँबाट हनन भयो ? प्रेससँग यसको के सम्बन्ध छ ?’

गृहमन्त्रीले ‘इगो’को रूपमा लिनुभयो जस्तो छ नी ? भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘संयोग त्यस्तो पर्‍यो होला ।’

ओलीले अगाडि भने, ‘कांग्रेसका नेताहरूले प्रेस स्वतन्त्रता हनन भयो, प्रजातन्त्र सिद्धिन लाग्यो, सरकार अधिनायकवादतर्फ गयो भनिरहनु भएको छ । कठैबरा ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रतिनिधिसभाको अवरोध अन्त्य गर्न सत्ता पक्ष र प्रतिपक्षबीच दुई बुँदे सहमति भएको छ। शुक्रबार भएको सहमतिमा सत्ता पक्षबाट

काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा महत्त्वपूर्ण नभएको

काठमाडाैँ – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले

काठमाडौँ – संघीय संसद् प्रतिनिधिसभाको अवरोध खुलाउने बारेमा सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित प्रमुख चार