"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

प्रकाशित मिति :  ९ जेष्ठ २०८१, बुधबार १९:४५


काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध परेको रिट दर्ता गर्न अदालत प्रशासनलाई आदेश दिएको छ।

बुधबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलविरुद्धको रिट दर्ता गर्न भनेको हो।

महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेलाई उनीविरुद्ध सहकारीको रकम हिनामिनामा कुनै उजुरी/ जाहेरी नरहेको पत्र दिएपछि अधिवक्ता अनुपम भट्टराई सर्वोच्च गएका थिए। 

सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरेपछि भट्टराईले त्यसविरुद्ध अर्को रिट दिएका थिए। न्यायाधीश ढुंगानाको इजलासले भट्टराईको रिट दर्ता गर्न प्रशासनलाई आदेश दिएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सदन र सडकलाई जोड्दै संसद्‌मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

काठमाडौँ – राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार

काठमाडौँ – मौसमजन्य विपद्मा परी शुक्रबार अपराह्नसम्म मुलुकभर १ सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौँ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले विधान परिमार्जन गर्न ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय