"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विकल पौडेलविरुद्ध गैरकानूनीरुपमा सम्पत्ति आर्जनको चौँथो मुद्दा दायर

प्रकाशित मिति :  ९ जेष्ठ २०८१, बुधबार १७:५७


काठमाडौँ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले सवा अर्ब रुपैयाँ विगो मागदाबीसहित बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सुरक्षण मुद्रण केन्द्रको दुई पटक कार्यकारी निर्देशक र त्यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेर सार्वजनिक पद धारण गरेका पौडेलविरुद्ध अख्तियारले करिब एक अर्ब २५ करोड रुपैयाँ विगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पौडेल मंगलबारमात्रै सुरक्षण मुद्रण केन्द्रकालागि उपकरण तथा परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका थिए ।

त्यस्तै, सुरक्षण मुद्रणकै अन्य उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा गत सातामात्रै भ्रष्टाचार मुद्दा दायर भएको थियो भने त्यसअघि वैशाख पहिलो साता अख्तियारले नै उनीविरुद्ध अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र रहेकै बखत् ढाँटेर सार्वजनिक पदधारण गरेको कसूरमा विशेष दालतमै मुद्दा दायर गरेको थियो ।

बुधबार दायरसहित विकलविरुद्ध अख्तियारले विशेष अदालतमा चार वटा मुद्दा दायर गरेको छ । त्यसमध्ये एउटामा दोषी ठहर भएका छन् भने दुई वटा विचाराधीन छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरु बीचको अवार्ड प्रतियोगिताको उत्कृष्ट ४०को

काठमाडौँ – चैत अन्तिम सातादेखि स्टार्टअप उद्यम कर्जा वितरण गरिने भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठाले परियोजना अन्तिम छनोटमा परेका

काठमाडौं – श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज